हाल विश्वभरि नै प्राविधिमा भएकोे दु्रत गतिको विकासले वित्तीय प्रणालीमा आमूल परिवर्तन ल्याइरहेकोे छ । विद्युतीय भुक्तानी प्रणालीमा भइरहेको तीव्र विकास, डिजिटल भुक्तानी सेवाको सहज पहुँच, र ग्राहकको बढ्दो रुची र विश्वासले विश्वभर वित्तीय समावेशितालाई नयाँ आयाम प्रदान गरेको छ । नेपालजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण मुलुकमा यस विषयले झनै बढि महत्व राख्दछ । डिजिटल कर्जादेखि स्वचालित भुक्तानी सेवा सम्मका नवीन प्रविधिहरूले बैंक तथा वित्तीय संस्थाका सेवालाई थप प्रभावकारी, पारदर्शी, र लागत–प्रभावी बनाउन मद्दत पुगेको छ ।
विद्युतीय बैंकिङ्ग र फिनटेक प्रणालीले भुक्तानी सेवालाई मात्र होइन, समग्र बैंकिङ्ग प्रणालीलाई नै रूपान्तरण गरिरहेको छ । संचालन खर्च घटाउने, सेवाप्रदायक र ग्राहकबीचको भौतिक दूरी कम गर्ने, कारोबारको फरफारक वा हिसाब मिलानको समय कम गर्ने, तथा दूरदराजमा समेत वित्तीय पहुँच पु¥याउन सम्भव तुल्याउने प्रविधिको क्षमतालाई सदैब प्रोत्साहन गर्नुपर्दछ । विद्युतीय बैंकिङ्ग र फिनटेक प्रणालीको विकासले एकातर्पm प्रबिधिमा गरिने लगानी उच्च रहन्छ भने कम भन्दा कम मूल्यको पहुँचयोग्य वित्तीय सेवाले नै डिजिटल डिभाइडलाई मेटाउँदै जान सक्छ । त्यसैले प्रतिस्पर्धात्मक वातावरणमा कार्य गरिरहेका संस्थाका लागि विद्युतीय बैंकिङ्गबाट प्राप्त हुने लागतको लाभले नै सञ्चालनमा स्थिरता र दिगोपन प्रदान गर्न सकिन्छ ।
नेपालले विगत ३ वर्षमा विद्युतीय बैंकिङ्ग क्षेत्रमा हासिल गरेका उपलब्धीहरुले यस क्षेत्रको उज्वल भविष्य देखाउँछ । गत आर्थिक वर्ष (२०८०÷८१) को भाद्र महिनाको तुलनामा यस आर्थिक वर्ष (२०८१÷८२) को भाद्र महिनामा मोबाइल बैंकिङ्ग र वालेट प्रयोगकर्ता दुवैको संख्यामा क्रमशः १५% र २२% ले वृद्धि भएको तथ्याङ्कले यो क्षेत्रप्रति ग्राहकको भरोसा र बढ्दो रुचि झल्काउँछ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले प्रकाशन गर्ने मासिक विवरणले पनि क्यूआर कोड, फास्ट पेमेंट सिस्टम, तथा डिजिटल वालेटहरूमार्फत भएका कारोबारको रकम र संख्यामा उल्लेखनीय वृद्धि देखाएको छ । यद्यपि, विद्युतीय बैंकिङ्गको थप प्रवद्र्धनका लागि प्राथमिकताहरू पहिचान गर्दै सोही बमोजिम कदम चाल्नु आवश्यक देखिन्छ ।
विद्युतीय प्रणालीहरूको प्रयोगमा वृद्धि भएसँगै साइबर अपराध, वित्तीय ठगी, धोखाधडी, र सम्पत्ति शुद्धीकरण जस्ता जोखिमहरू पनि बढिरहेका छन् । यस्ता चुनौतीलाई सम्वोधन गर्न सबै बैंक तथा वित्तीय संस्थाहरूलाई साइबर सुरक्षाका ठोस रणनीति अवलम्बन गर्न र ग्राहकलाई सचेतना कार्यक्रममार्फत शिक्षित गर्दै अघि वढाउनु आजको आवश्यकता हो ।
यसैगरी, गुणस्तरीय इन्टरनेट कनेक्टिभिटी, Digital Public Infrastructure, Regulatory Sandbox, ग्राहक हित संरक्षण तथा संवेदनशील डाटाको सुरक्षालगायतका पूर्वाधार तथा नीतिगत व्यवस्थाले पूर्णता नपाउँदा सम्म विद्युतीय बैंकिङ्गको दायरा अपेक्षित रुपमा बृद्धि हुन सक्दैन । यसका लागि सरकार र सम्बद्ध निकायहरूले ठोस कदम चाल्नु आवश्यक छ । यस सन्दर्भमा नेपाल राष्ट्र बैंकले विद्युतीय बैंकिङ्ग क्षेत्रमा थप क्ष्ललयखबतष्यल लाई प्रोत्साहन गर्न Regulatory Sandbox तथा Innovation Hub को व्यवस्थाका लागि कार्य अघि बढाइरहेको छ भने केन्द्रीय बैंक आपै पनि प्रबिधिलाई आत्मसात गर्दै अघि वढ्ने उद्देश्यले केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDC) जारी गर्न आवश्यक अध्ययन र गृहकार्य गर्दैछ ।
नेपाल सरकारले जारी गरेको Artificial Intelligence सम्बन्धी अवधारणा पत्रसँगै नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा प्रयोग हुने Artificial Intelligence सम्बन्धमा आवश्यक अध्ययन गरी AI लाई ग्राहकको व्यवहार अध्ययन तथा परिवर्तन लगायतका अन्य कार्यहरुमा अधिकतम उपयोग गर्न मार्गदर्शन जारी गर्ने योजना बनाएको छ । आवश्यक अन्य नीतिगत व्यवस्था तथा पूर्वाधार विकास गर्दै अनुदान तथा प्रवद्र्धनात्मक कार्यक्रममार्पmत विद्युतीय बैंकिङ्ग सेवाको पहुँच वृद्धिका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक देखिएको छ ।
विद्युतीय बैंकिङ्गले वित्तीय पहुँच विस्तार तथा वित्तीय सेवाको लागत व्यवस्थापनमा मात्रै नभई बैंकिङ्ग सेवालाई समय–सापेक्ष, सहज, र भरपर्दो बनाउँदै ग्राहक अनुभवलाई अभूतपूर्व रुपमा सुधार गरेको छ । भिडियो केवाईसी, विद्युतीय कर्जा, AI-Embedded Chatbot, Robotic Process Automation, Business Process Automation लगायतका प्रविधिबाट बैंक तथा वित्तीय संस्थाहरुले आप्mना आन्तरिक प्रकृयाहरुलाई परिष्कृत तथा सरल बनाई ग्राहकलाई समेत सहज वित्तीय वातावरण प्रदान गरेका छन् ।
अवको समयमा भने सेवा उत्कृष्टताका लागि Artificial Intelligence प्रणालीमा जोड दिनु पर्दछ । ग्राहकको व्यवहार अध्ययन गरी आवश्यकता र प्राथमिकतामा आधारित अनुकूल सेवाहरु थप ग्राहक मैत्री र सुरक्षित रुपमा उपलब्ध गराउन Artificial Intelligence तथा Machine Learning प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । त्यसैगरी, विद्युतीय बैंकिङ्गले खाता खोल्ने, कर्जा आवेदन दिने, बिल भुक्तानी गर्ने लगायतका सेवाहरुलाई सहजिकरण गरी छिटो, छरितो र प्रभावकारी बनाएको छ । वित्तीय क्षेत्रमा देखिएको विद्युतीय प्रबिधिले ग्राहकलाई बैंकिङ्ग बाहेक बीमा, लगानी र विभिन्न वित्तीय परामर्श सेवाहरु एकीकृत डिजिटल प्ल्याटर्पmममार्पmत प्रदान गर्ने अवसर सृजना गर्दै सेवा उत्कृष्टतामा नयाँ आयाम थपेको छ।
नेपालका सन्दर्भमा समेत सेवा उत्कृष्टताका लागि यस्ता विकासक्रम देखिँदै आएका छन् । प्रस्तावित CDBC ले समेत विद्यमान भुक्तानी प्रणालीलाई अझ सरल, तीव्र, र सुरक्षित बनाउने विश्वास जगाएको छ । त्यसैगरी, Blockchain, Artificial Intelligence, Machine Learning, Big Data, Smart Contract लगायतका नयाँ प्रविधिको सदुपयोगले नेपालको वित्तीय प्रणालीमा सेवा उत्कृष्टता प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ।
अन्त्यमा, विद्युतीय बैंकिङ्गलाई केवल प्रविधिगत सेवामा मात्र सिमित नराखि वित्तीय पहुँच र वित्तीय रुपमा सिमान्तकृत र असुरक्षित समुदायहरुको सशक्तिकरणको साधनका रुपमा अगाडि बढाउन सकेमा देश निर्माण थप टेवा पुग्नेछ । नेपालमा हाल विद्युतीय बैंकिङ्ग क्षेत्रले तीव्र गतिको संकेत देखाइरहेको छ । यद्यपि, यस क्षेत्रको दिगो र सुरक्षित विकासका लागि विभिन्न सरोकारवालाहरु बिच सहकार्य र साझेदारी अत्यन्त जरुरी रहेको छ । वित्तीय पहँुच बढेसँगै ग्राहकलाई सहज, सुरक्षित तथा गुणस्तरीय सेवाको प्रत्याभूति दिनका लागि यस क्षेत्रमा निरन्तर सोध र अनुसन्धान, निजी क्षेत्रको उल्लेख्य लगानी मात्र नभई ग्राहकको वित्तीय साक्षरता र सचेतनाको स्तर उकास्नका आवश्यक छ ।